हलीउड एक्ट्रेस मेगन फोक्स र उनका पति ब्रिन अस्टिन ग्रीनले ४ अगष्टमा आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । मेगन फोक्सले छोरालाई जन्मदिएकी छिन् । खबरका अनुसार मेगन फोक्सले बच्चाको नाम जर्नी रिवर ग्रीन राखेकी छिन् । ‘दा टीनेजर मुटेन्ट निन्जा टर्टल’ स्टार र ग्रीन पहिला नै ३ बर्षको छोरा नोहा र २ बर्षको छोरा बोधीका माता मिता हुन् । ३० बर्षकी फोक्सले आफ्नो प्रेगनेन्सीको खबर सिनेमैकोनमा अप्रिल महिनामा कन्फर्म गरेकी थिइन जब उनी आफ्नो बेबी बम्पको साथ देखिएकी थिइन । यो कुरा पनि थाहा पाउनुहोस् कि २०१५ मा फोक्सले ग्रीनसँग सम्बन्ध विक्षेदको मुद्धा दायर गरेकी थिइन । हलीउडका केही पत्रिकाहरुले यो दाबी गरेका छन् कि अब उनीहरु छुटिने छैनन् ।