गायक सत्यराज आचार्य अहिले आफ्नै होम प्रोडक्शनबाट तयार भइरहेको चलचित्र ‘साढे सात’ को छायाँकनमा व्यस्त छन् । हालैमा चलचित्रको एक मेघा सिन भैरहवामा खिचिएको छ । आन्दोलनको सिन बनाउन खिचिएको दृश्यमा सयौं प्रहरीहरु र सयौं व्यक्तिहरुलाई आन्दोलनकारीको रुपमा सडकमा उतारिएको थियो । चलचित्रमा रहेको बन्दको दृश्यमा सशक्त प्रहरी र आन्दोलनकारीबीचको झडपको तश्वीर खिच्न सत्यराज प्रहरीसँग लड्दै गरेको ‘सिनेखबर डटकम’ लाई प्राप्त तश्वीरमा देख्न सकिन्छ । चलचित्रमा उनले फोटोग्राफरको भूमिका निर्वाहा गरेका छन् । चलचित्र साढे सातमा गायक स्वरुपराज आचार्य र सत्यराज आचार्यको ब्यानर सत्य-स्वरुप इन्टरटेन्मेन्टसँगै मुभी इन्टरटेन्मेन्ट र ब्याक पेपर स्टुडियोजको लगानी रहेको छ ।
यो चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरिरहेका छन् । सस्पेन्स थ्रिलर भनिएको यो चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, शिशिर बाङदेल, सुनिल थापा, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । तराई बेश स्टोरी रहेको चलचित्र ुसाढे सातु को छायाँकन रुपन्देही, नवलपरासी लगायतका जिल्लाहरुमा हुनेछ ।