‘हट केक’ नायिका प्रियंका कार्कीको चर्चा नेपाली सिनेवृतमा प्राय दैनिक जसो नै हुने गर्छ । पछिल्लो समय उनको क्रेज र व्यस्तता हेर्दा नेपालका कुनै व्यस्त नायक भन्दा कम देखिन्न । आफु अभिनित चलचित्रहरुले खासै व्यबसायिक सफलता हात नपारेपनि उनको व्यस्तता भने दिनप्रतिदिन बढ्दै गएको छ । पहिरनका कारण बेला बखतमा खुबै चर्चामा आउने प्रियंकाको मंसीर १० गते ‘पुरानो डुङ्गा’ चलचित्र हलमा लागेको थियो । हाल नायक आर्यन अधिकारीसँग ‘बटरफ्लाई’ चलचित्रको छायाँकनमा व्यस्त नायिका प्रियंका सामाजिक सञ्जालमा पनि उतिक्कै सक्रिय छिन् । उनी फेसबुक, ट्विटर र इन्स्टाग्राममा आफ्नो तश्वीर र विचारहरु राख्ने गर्छिन । कहिले काहिँ उनले अपलोड गरेका तश्वीरहरुले नेपाली मिडियाहरुमा हंगामा नै मच्चाउने गर्छ । केही दिन अगाडी पेटमा कपडा बाँधेर ‘म गर्भवती भएँ’ भन्दै इन्स्टाग्राममा पोष्ट गरेको एक तश्वीरले राम्रै तहल्का पिटेको थियो ।
यस्तै, प्रियंकाले हालैमा आफ्नो एक तश्वीर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । धेरैलाई प्रियंका कार्की सानो छँदा कस्ती थिइन थाहा नहुन सक्छ तर प्रियंकाले आफु २ बर्ष हुँदाको तश्वीर आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छिन् । ‘म कसम खान्छु, म आफ्नो दिमागमा राजकुमारी थिएँ’ भन्दै उनले आफु २ बर्षको बर्थडे मनाउँदाको तश्वीर शेयर गरेकी छिन् । तश्वीरसँगै उनले आफ्नो आँखाको पनि तारिफ गरेकी छिन् ।