शुक्रबार अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा हास्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई सम्मान गरिएको छ । यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रीय युवा परिषदले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै समाज सेवा गरेवापत ‘धुर्मुस-सुन्तली’ लाई सम्मान गरेको हो । यूवा दिवसको अवसरमा ८ व्यक्ति र दुई संस्थालाई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले १ लाख रुपैँया पुरस्कारसहित सम्मान गर्नुभएको थियो । कृषि, विज्ञान, समाज सेवा, संगीत, चित्रकला, खेलकुदलगायतका क्षेत्रबाट उत्कृष्ट काम गर्ने यूवाहरुलाई दिवसको अवसर पारेर सम्मान गरिएको परिषदले जनाएको छ । संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक शिव परियारलाई सम्मान गरिएको छ भने चलचित्र कालो पोथीका निर्देशक मिन बहादुर भामलाई पनि सम्मानीत भएका छन् ।