नायिका नन्दिता केसी अहिले नेपालमा छैनन् । गएको बर्ष एक साँस्कृतिक कार्यक्रमका लागि अमेरिका गएपछि उनी प्राय उतै बस्दै आएकी छिन् । अमेरिका बस्न थालेपछि उनी नेपाल नै नफर्किएकी भने होइन तर नेपाल बस्दा चलचित्रको अफर नै आउन छाडेपछि उनी फेरी अमेरिका हानिइनन् । त्यसैले त अहिले ‘नन्दिता केसी पनि अमेरिका पलायन भईन्’ भन्ने खबरले नेपाली सिनेवृत खुबै तातेको छ । नन्दिताको यस बर्ष ‘कैफियत’ चलचित्र हलमा लागेको थियो तर यो चलचित्रले पनि नन्दितालाई नराम्रोसँग धोका दियो । पछिल्ला केही बर्षदेखी लगातार आफु अभिनित चलचित्रहरु फल्पको सूचीमा दर्ता हुन थालेपछि निर्माताहरु स्क्रिप्ट बोकेर उनको घरसम्म पुगेनन्, त्यसैको मुख्य कारण हो नन्दिता अमेरिका हानिनु ।
चलचित्र ‘इन्द्रेणी’मा पहिलो पटक अभिनय गरेपछि एकाएक करिअरको उचाइमा पुगेकी नायिका नन्दितालाई ‘सान्नानी तिमीलाई हिर्काउला लौराले’ बोलको गीतले थप चर्चा दिलायो । तर, अहिले उनको न चर्चा छ न माग नै नेपाली बजारमा । पछिल्लो समय दर्शकहरु चलचित्रको पर्दामा पुराना कलाकार भन्दा नयाँ कलाकारहरु हेर्न रुचाउने लत बसेका कारण पनि नन्दिता जस्ता धेरै अभिनेत्रीहरु अहिले नेपाली चलचित्रबाट पलायन भइसकेका छन् ।
यसबाट नन्दिता पनि अछुतो रहन सकेको देखिन्न । अहिले अमेरिकामा नन्दिताको दैनिकी कसरी वित्छ त्यो उनैलाई थाहा होला तर उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा अपलोड गरेको तश्वीरबाट के स्पष्ट हुन्छ भने उनी अहिले मस्ती मूडमा छिन् । चलचित्र नपाएर विरक्तिएको जिवनलाई अहिले उनी आफ्नो मानसपटलमा स्मरणीय पलहरुको एल्बम बनाउँदैछिन् । उनका तश्वीरहरुले बोलेका कुराहरु हुन यी ।
तपाईहरुलाई बताइदिउँ कि अमेरिका जानु अघि नायिका नन्दिता केसीले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा आफु केही महिनाका लागि मात्र अमेरिका जान लागेको र अमेरिकाबाट फर्किएपछि नेपाली चलचित्रमा नै व्यस्त हुने बताएकी थिइन । तर, अहिले नेपाल भन्दा अमेरिकामा नै रमाउनुले चाहिँ यो प्रश्न सर्वत्र उठेको छ, ‘नन्दिता पलायन नै भएकी हुन त ?’ यसको जबाफ त नन्दिता बाहेक अरु कोसँग नै पो होला र ?
तश्वीर : नन्दिताको फेसबुक र इन्स्टाग्रामबाट