७३ बर्षका अमिताभ बच्चनलाई बलीउडमा महानायक भनेर सम्मान गरिन्छ । सन् १९६९ मा ‘सात हिन्दुस्तानी’ चलचित्रबाट नायकको रुपमा भित्रिएका अमिताभ बच्चनले जिन्दगीमा अनगिन्ती दुखहरुसँग सामना गरेका छन् ।
१९६९ मा बलीउडमा प्रवेश गरेका अमिताभले १९७० को दशकमा ठूलै सफलता हासिल गरे । बच्चनले आफ्नो करियरमा धेरै पुरस्कार जितेका छन, जसमा तीन राष्ट्रीय चलचित्र पुरस्कार र बाह्र फिल्म फेयर पुरस्कार समावेश छन् । उनको नाम सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्म फेयर अवार्डको रेकर्ड छ।
अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा १९८७ देखी १९८४ सम्म भूमिका गरेका छन् । बच्चनको विवाह अभिनेत्री जया भादुडीसँग भएको हो। उनको दुइ सन्तान छन्, श्वेता नन्दा र अभिषेक बच्चन, जुन एक अभिनेता पनि हुन र जसको विवाह ऐश्वर्या रायसँग भएको छ ।
अमिताभ बच्चनलाई जसरी पर्दामा दर्शकहरुले निकै रुचाए उनै बच्चनका पुराना ५ फोटोहरु हेर्नुस्, जुन हेर्दा एक समय उनी यस्ता पनि थिए भनेर विश्वास गर्न पनि सकिन्न । अमिताभका यि तस्बिरहरु हेर्दा उनका पुराना अथितहरु ताजा भएको महशुस हुन्छ ।