पप गायक माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफुलाई आफ्ना पिता जसरी नै संगीतामा जम्ने कुनै इच्छा नभएको बताएकी छिन् । छैन । ज्याक्सनका सबैभन्दा जेठी छोरी पेरिसले भनिन्, ‘म संगीतको भने शौखिन हुन । म आफ्नो लागी सुंगीत तयार पार्ने गर्छु । म यसलाई आफ्नो भावना व्यक्त गर्नका लागि प्रयोग गर्ने गर्छु । मलाई त्यस्तो कहिले लाग्दैन कि म यो क्षेत्रमा आफ्यो करियर बनाउँ । मेरो परिवारमा कयौ राम्रा कलाकार छन् । मैले यदी यसलाई आफ्नो करियर सम्झिएर अगाडी बढे भने संगीतलाई लिएर मेरो भावना बदलिनेछ र म यस्तो कहिले होस् भन्ने चाहन्न् ।’ पेरिस संगीतमा आफ्नो करियर बनाउन नचाहेपनि उनका पिता ज्याक्सन सधै नै उनको प्रेरणा रहेका छन् । उनले भनिन्, ‘उहाँ मेरो प्रेरणा हुनुहुन्छ । म भन्छु कि मलाई ९९ प्रतिशत प्रेरणा मेरो पिताबाट मिलेको छ किनकी उहाँ सधै मेरो जिन्दगीमा रहनुभएको छ ।’