टिभी सिरियल ‘क्योंकि सास भी कभी बहू थी’ फेम मन्दिरा उर्फ अचिन्त कौर ४० बर्षकी भइसकेकी छिन् । अचिन्त टीवी शो टिभी शो ‘जमाई राजा’ मा निया शर्माकी आमाको भूमिका निर्वाहा गरिसकेकी छिन् । तर, उनी रियल लाइफमा भने एक छोरा प्रीतरञ्जनकी आमा हुन । अचिन्तका छोरा २४ बर्षका भइसकेका छन्, जसको उनी सिंगल मदर हुन । प्रीतरञ्जन उनको पहिलो पतिबाट भएको छोरा हुन, जोसँग अचिन्तको डिभोर्स भइसकेको छ । श्रीमानसँग डिभोर्स भइसकेपछि अचिन्त एक्टर मोहन कपूरसँगको रिलेशनमा रहेकी थिइन । यी दुई १६ बर्षसम्म लिभइन रिलेशनशिपमा रहेका थिए । त्यसपछि भने उनीहरु अलग भए । धेरै पटक इवेन्ट्समा मोहनलाई अचिन्त र अचिन्तका छोरा प्रीतरञ्जनसँग देखिएको थियो ।