बलीउडमा अहिले पूराना गीतहरुको रिमेक बनाउने ट्रन्ड नै चलेको छ । केही हप्ता अगाडी प्रदर्शनमा आएको बलीउडस्टार शाहरुख खान अभिनित चलचित्र ‘रईस’ मा समाबेश ‘लैला मे लैला’ को नयाँ भर्सनले राम्रै धमु मच्चाएको थियो । यस्तै, पूराना हिट गीतहरुलाई रिमेक बनाउने ट्रेन्ड फलो गर्दै फिल्म ‘मेशिन’ यूनिटले पनि आफ्नो फिल्ममा ९० को दशकको हिट गीत रिमेक गर्ने भएको छ।
निर्देशकद्वय अब्बास-मस्तानले आफ्नो फिल्म मेशिनका लागि ‘तु चिज बडी है मस्त मस्त’ लाई पुनः रेकर्ड गर्ने भएका हुन्।
रबिना टन्डन र अक्षय कुमारको फिचरिङ रहेको गीतको भिडियो ९० को दशकमा निकै चर्चित बनेको थियो । अब बन्ने भिडियोमा भने अब्बासका छोरा अभिनेता मुस्ताफा बर्मावाला र कायरा अद्भानी देखिने भएका छन्।
गीतमा पुरानै गीतका गायक उदित नारायण झाले स्वर दिनेछन्। महिला गायकमा भने कविता कृष्णमुर्तीको ठाउँ नेहा कक्करले लिदैछिन्। संजीव कौलको कथामा बन्न लागेको फिल्म आउँदो मार्च १७ मा सार्वजनिक हुँदैछ। फिल्मलाई जयन्तिलालले निर्माण गरेका हुन्।