अनस्क्रीन कपिल शर्माकी श्रीमतीको भूमिका निर्वाह गरेकी सुमोना चक्रवर्ती चाँडै टिभी सिरियलमा कमब्याक गर्दैछिन् । खबरका अनुसार, सुमोना चाँडै डिटेक्टिभ सीरीज ‘देव आनन्द’ मा देखिनेछिन् । खास कुरा त यो छ कि यो टिभी सिरियलमा सुमोनाले बलीवुड एक्टर आशीष चौधरीसँग स्क्रिन शेयर गर्नेछिन् ।
सुमोनाको यो नयाँ टिभी शो थ्रिलर हुनेछ । यो शोका लागि सुमोनालाई अफर गरिएको छ तर सुमोनाले भने यो टिभी सिरियल साइन गरेकी छिन् वा छैनन् त्यो भने पुष्टि हुन बाँकी छ । तर, यो त तय छ कि उनी यो टिभी सिरियलमा भने फरक अवतारमा देखिनेछिन् ।
सुमोना लामो समयदेखी टिभी इन्डस्ट्रीमा एक्टिभ छिन् । तर उनलाई सफलता भने कपिलको शो ‘कमेडी नाइट्स विद् कपिल’ र ‘द कपिल शर्मा शो’ बाट मिल्यो ।