रिलिजको पूर्वसन्ध्यामा चलचित्र ‘दर्पण छायाँ २’ को प्रेमगीत रिलिज भएको छ । फागुन २७ गतेबाट हलमा लाग्न लागेको सन् २००१ मा रिलिज भएको सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ को सिक्वेलको ‘यो जनम’ बोलको गीतमा चलचित्रका नायक पृष्पल खड्का र साहारा कार्की एकअर्कालाई यो जनम माया गर्नका लागि छोटो हुने बताएका छन् । मनमोहक लोकेशनमा खिचिएको गीतमा पुष्पल र साहाराको केमेष्ट्री पनि उतिक्कै लोभलाग्दो देखिन्छ । गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने सवु रविको शब्द र रञ्जित गज्मेर र चन्दन लोम्जेलको संगीत रहेको छ ।
दीलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधान विनाको ‘दर्पण छायाँ २’ मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । यो चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईका अलवा फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल, रोनी केसी लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रलाई सनु कार्की र रवी कार्कीले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने डाक्टर लोपसाङ लामा हुन् । चलचित्र ‘दर्पण छायाँ २’ को कथा र निर्देशन तुलसी घिमिरे आफैले गरेका हुन ।