वुधबार राजधानीमा भएको ‘चलचित्र पत्रकार संघ, नेपाल’ को सातौं महाधिवेशनबाट अध्यक्षमा सन्दिप सापकोटा भारी मतका साथ विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिद्धन्दी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै सापकोटा अध्यक्ष पदमा विजयी भएका हुन । ‘सिनेखबर डटकम’ का प्रधान सम्पादक समेत रहेका सापकोटा विगत डेढ दशकदेखी चलचित्र पत्रकारितामा सक्रिय छन् । सापकोटा २०७० सालमा सम्पन्न चलचित्र पत्रकार संघको छैठौ अधिबेशनबाट केन्द्रिय महासचिवमा निर्वाचित भएका थिए । नव-निर्वाचित अध्यक्ष सापकोटा चलचित्र पत्रकारिता पुरस्कार २०६९ बाट समेत पुरस्कृत भइसकेका छन् । रेडियो एचवीसी ९४ एफ एम, रेडियो नेपाल, एन टीभी प्लस र नेपाल टेलिभिजनका माध्यमबाट चलचित्र पत्रकारीता गर्दै हाल उनी केन्द्रिय चलचित्र जाँच समिती फिल्म सेन्सर बोर्डको बोर्ड सदस्य पदमा समेत रहेका छन् । अध्यक्षमा सन्दिप सापकोटाले लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदा उपाध्यक्ष संगठनमा दिनेश सिटौला निर्बिरोध भए भने उपाध्यक्ष कार्यक्रममा श्याम अर्याल विजयी भए । उनका प्रतिद्धन्दीमा अशेष अधिकारी थिए । त्यस्तै, महिला उपाध्यक्षमा गीता अधिकारी विजयी भईन् । उनको प्रतिद्धन्दी शारदा थापा थिइन् । त्यस्तै, सचिवमा बैकुण्ठ पराजुलीले अर्का प्रतिद्धन्दी कुबेर गिरीलाई हराउँदै सचिव पदमा विजयी भए भने महा-सचिवमा अनिल यादवले विजय सुवेदी (आवाज) लाई २ मतले हराउँदै विजयी हासिल गरे ।
कोषाध्क्षमा कुवेश डंगोल निर्बिरोध, सहकोषाध्यक्षमा जीवन पराजुली निर्बिरोध, सचिव (समावेशी) मा समिर बलामी निर्बिरोध भए ।
त्यस्तै, केन्द्रीय सदस्यमा उत्सव रसाइली, बर्षा बस्नेत, बाबु सुरेश दुलाल, कृष्ण भट्टरार्इ , विकाश लामिछाने, मनिष कार्की विजयी हुँदा केन्द्रीय समाबेशीमा बिशाल राई र महिलातर्फबाट दिपज्योति थापा निर्बिरोध भए ।
त्यस्तै, चलचित्र पत्रकार संघ, नेपालको सातौं अधिवेशनबाट केन्द्रीय सभासदमा डब्बु क्षेत्री , राजन घिमिरे, शान्तीप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम विजयी हुँदा महिला तर्फबाट स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा (लक्ष्मी) निर्बिरोध निर्वाचित भए ।
प्रदेश सभासद पदका लागि भने १६ जना निर्बिरोध भएका छन् । निर्बिरोध हुनेमा राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आर.डी. श्रंखला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा छन् ।