प्रदर्शन मिति नजिकदै गरेपछि अहिले चलचित्र ‘बृन्दावन’ यूनिटले आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाइरहेको छ । हिन्दू महिलाहरुको महानपर्व हरितालिका तिजलाई लक्षित गर्दै भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र बृन्दावन यूनिटले देशब्यापी रुपमा सर-सफाई अभियान, अनाथ आश्रमका बालबालिकाहरुलाई भोजन ग्रहण गराउनुका साथै पछिल्लो चरणको प्रचार कार्यक्रम घोषणा गरेको छ ।
निर्माणपक्षका अनुसार चलचित्र बृन्दावनको ब्यानर सहित उपत्यका भित्रका चोक-चोकमा ट्राफिक जनचेतना जागृत गराउने र नारीपर्व तीजको अवसर पारेर भाद्र १३ गते राष्ट्रीय सभागृह भृकुटी मण्डपमा चर्चित कलाकारहरु बीच प्रमोशन तथा तीज उत्सव २०७३ नामक बृहत साँस्कृतिक कार्यक्रम सहित दर खुवाउने चलचित्रका निर्माताद्धय रुद्र खनाल र कालम जि.सि.ले जानकारी दिएका छन् । रुद्राक्ष फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र बृन्दावनका लेखक, निर्देशन राजबहादुर साने हुन् । चलचित्र वृन्दाबनमा किशोर खतिवडा, शिल्पा पोखरेल आदिको मुख्य भूमिका रहेको छ ।