५ बर्षदेखी प्रशारण भइरहेको चर्चित शो ‘दीया और बाती हम’ को समाप्ती अब निकै दुखद हुने भएको छ । रिपोर्ट्सको खबरलाई आधार मान्ने हो भने यस शोको समाप्ती मुख्य कलाकार सन्ध्या राठी (दीपिका सिंह) र सूरज राठी (अनस रासिद) को मृत्यु भएपछि हुनेछ । तर हालसम्म यो शोको टीम र प्रोडक्शन हाउसले कुनै पनि जानकारी दिएको छैन । बाहिर आएको खबर अनुसार शोको नयाँ सिजनमा पनि दीपिका र अनस हुनेछन् । दीया और बाती हमको फाइनल एपिसोड ११ सेप्टेम्बरमा प्रशारण हुनेछ । शोको समाप्तीसँगै नयाँ कलाकारको एन्ट्री पनि भएको बताइएको छ । ‘भारत का वीर पुत्र महाराणा प्रताप’ मा ‘अकबर’ को भुमिका निर्वाह गरिसकेका विशाल जेठवा चाँडै छोटा पकेट नामको टेररिस्ट बनेर आउँदैछन् । विशाल आफैले यो विषयको पृष्टि गरिसकेका छन् ।