केही दिन अगाडी मात्र आफ्ना फ्यानहरुलाई न्यूड फोटो हेर्न तयार रहन आग्रह गरेकी हलीउडस्टार किम कार्दशियन न्यू लुकमा देखा परेकी छिन् । कहिले न्यूड फोटो त कहिले बेबी बम्पका कारण चर्चामा आउने किमको हालै केही तस्बिरहरु बाहिर आएका छन्, जहाँ उनी हट र ग्लामरस देखिएकी छिन् ।
उनको भनाई छ कि उनले आफ्नो तौल ५६ केजी बनाएकी छिन् । किम आफ्नो नयाँ लुकमा अमेरिकाको लस एन्जिलिसमा शापिंग गर्दै गरेको देखिएकी थिइन ।उनले त्यस बेला ब्ल्याक स्किन टाइट ड्रेस र ब्ल्याक हाई हील लन्ग बूट लगाएकी थिइन । उनले त्यस बखत मिडियालाई फोटो खिच्न पनि दिएकी थिइन । किमले बताएकी छिन् कि उनी अझै २ किलो तौल घटाउँदै छिन् । दोस्रो सन्तानमा छोरालाई जन्मदिएपछि उनको तौल निकै बढेको थियो । उनले केही महिनामा आफ्नो तौल निकै कम गरेकी छिन् ।