श्रीदेवीलाई बलीउडमा आफ्नो समयको सबैभन्दा सफल अभिनेत्री मानिन्छ । कयौं फ्यानहरुको मुटुमा राज गरेकी श्रीदेवी शनिबारबाट ५३ बर्षमा लागेकी छिन् । पछिल्लो समय बलीउड चलचित्र भन्दा पनि तामिल चलचित्रमा व्यस्त रहँदै आएकी श्रीदेवीको जन्म १३ अगस्ट, १९६३ मा तमिलनाडुको एक सोनो गाउँ मीनमपट्टीमा भएको थियो । श्रीदेवीले ४ बर्षको उमेरमा नै एक तामिल चलचित्रमा काम गरेकी थिइन । १९७६ मा प्रदर्शनमा आएको तामिल चलचित्र ‘मुन्दरू मुदिच’बाट करियर सुरु गरेकी श्रीदेवीले २ सय भन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् ।
हिन्दी फिल्ममा पनि एक समय आफ्नो दबदबा बनाएकी श्रीदेवीले १९७९ मा प्रदर्शनमा आएको बलीउड चलचित्र ‘सोलहवान सावन’बाट करियर सुरु गरेकी थिइन । तर उनले बलीउडमा भने चलचित्र ‘हिम्मतवाला’ बाट सफलताको स्वाद चाखेकी थिइन । उनले नगीना, मिस्टर इण्डिया, चालबाज, तोहफा, आखिरी रास्ता, भगवान दादा, कर्मा, शेरनी, चांदनी, गुरु, लम्हे, खुदा गवाह सहित कयौं सफल फिल्ममा काम गरेकी थिइन । सन् १९९६ मा बोनी कपुरबीच बिहे गरेकी श्रीदेवी विवाह हुँदा उनी ७ महिनाकी गर्भवती थिईन् ।