यही चैत १८ गतेबाट हलमा फूल्न लागेको रेखा थापा स्टारर चलचित्र ‘पलाँस’ को नयाँ गीत रिलिज भएको छ । नायिका रेखा थापा र नायक अयुव केसी फिचरिङ ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा भावना पाठकको शब्द, अर्जुन पोखरेलको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ । गीतमा नायिका रेखा थापालाई नायक अयुव केसी कु्नै प्रव्लिम भए हेल्प गर्ने बाचा गर्दैछन् । गीतमा रेखा थापा र अयुव केसीको जोडी गज्जबकै देखिन्छ ।
चलचित्रमा रेखा थापा, अयुव केसी र कामेश्वर चौरासिया मुख्य भूमिकामा छन् । चलचित्रलाई कृषा चौलागाईले निर्माण गरेकी हुन भने सुवास कोइरालाले निर्देशन गरेका हुन । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन, अर्जुन पोख्रेलको संगीत छ ।