हालैमा यस्तो खबर बाहिर आएको छ कि बलीउड अभिनेता सुशान्त सिंह राजपूत र कृति सेननको ब्रेकअप भएको छ । यी दुई फिल्म ‘राबता’ मा एकसाथ देखिँदैछन् र यो फिल्मको शूटिंग गएको बर्ष नै पूरा भइसकेको छ । तर, हालैमा उनीहरुको सम्बन्धमा दरार आएको छ र खबर यो छ कि उनीहरुको ब्रेकअप भएको छ ।
अंकिता लोखन्डेसँगको प्रेम सम्बन्ध तोडेपछि सुशान्त सिंह र कृति सेननको अफेयरको हल्ला चलेको थियो । ‘राबता’ को शूटिंगको क्रममा उनीहरुले निकै समय एकअर्कासँग विताएका थिए । तर, उनीहरुले सार्वजनिक रुपमा नै प्रेम सम्बन्धको भने स्वीकार गरेका थिएनन् ।
बलीउडको एक पत्रिकाले प्रकाशन गरेको खबरका अनुसार, अहिले उनीहरुको ब्रेकअप भइसकेको छ । यसभन्दा अगाडी यी दुईलाई साथ साथ पब्लिकली पोज गर्दै गरेको देख्न सकिन्थ्यो । यति मात्र होइन यी दुई एकसाथ कयौं पटक मिडियाको क्यामेरामा पनि कैद भइसकेका छन् । ब्रेकअपपछि यी दुईलाई एकसाथ न तश्वीरमा देखिएको छ न साथमा नै ।
कृति सेनन सिनेमाघरहरुमा चाँडै ‘बरेली की बर्फी’ मा देखिँदैछिन् भने सुशान्त यसै बर्ष ‘चंदा मामा दूर के’ फिल्ममा देखिँदैछन् ।