बलीउडस्टार अक्षय कुमार अभिनित चलचित्र ‘रुस्तम’ को दुई दिने कमाई भारतबाट मात्र ३०.५४ करोडको भएको छ । शुक्रबार १४.११ र शनिबार १६.४३ करोडको व्यापार गर्दै चलचित्र रुस्मतले ३० करोड माथीको व्यापार गरेको हो । समिक्षकहरुबट राम्रो प्रतिक्रिया पाएको रुस्तममा अक्षय कुमार, इलियाना डिक्रूज, ईशा गुप्ता, अर्जन बाजवा, कुमुद मिश्रा र पवन मल्होत्रा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मिस्ट्री थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई टीनू सुरेश देसाईले निर्देशन गरेका हुन् । भारतमा राम्रो व्यापार गरिरहेको चलचित्र रुस्तमको आइतबारको व्यापार अझ उच्च हुने बलीउड पण्डितहरुले बताएका छन् । आइतबार भारतमा सार्वजनिक विदा परेका कारण रुस्तमले १८ करोड माथीको व्यापार गर्न सक्ने अनुमान लगाइएको छ । आर्को प्रावो मुख़र्जी, जीत गांगुली, अन्कित तिवारी, राघव सच्चरको संगीत रहेको चलचित्रलाई जी स्टूडियो, क्रियार्ज एन्टरटेनमेन्ट, केप अफ गुड फिल्म्स, प्लान सी स्टूडियो र नीरज पान्डेले निर्माण गरेका हुन् ।