अर्को बर्षको प्रतिक्षित चलचित्र हो, ‘ए मेरो हजुर २’। यही चैत १८ गतेलाई रिलिज डेट फाइनल गरेपनि विविध कारणले अर्को बर्ष रिलिज हुने तयारीमा रहेको ‘ए मेरो हजुर २’ मा ‘ड्रिम्स’ गर्ल साम्राज्ञी राज्य लक्ष्मी शाह र नव-नायक सलिनमान बाँनियाको मुख्य भूमिका छ । यो चलचित्रको टीजर केही दिन अगाडी रिलिज भएको थियो, यसपछि दर्शकहरु ‘ए मेरो हजुर २’ को ट्रेलरको प्रतिक्षा गरिरहेका छन् । नायिकाबाट निर्देशनमा डेब्यू गरेकी झरना थापा निर्देशित यो चलचित्रको अहिले सम्पादन र डविङ्गको काम भइरहेको छ । यही चैत १३ गते चलचित्रको फस्टलुक पोष्टर र एक गीत रिलिज गर्न लागेको निर्माण पक्षले हालैमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी र सलिनमानको फोटोसुट गराएको छ । फोटोसुट गर्दै गरेको एक तश्वीर चलचित्र सम्पादक तथा पोष्टर डिजाइनर साहिल खानले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन्, जन तश्वीरमा नायिका साम्राज्ञीलाई सलिनमानले निकै मश्किलले उचालेका छन् । तश्वीरमा सलिनमान र साम्राज्ञीलाई निकै क्यूट देखिएको छ ।
सुहाना इन्टरटेन्मेन्ट र एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा साम्राज्ञी र सलिनमानको अलवा सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ्ग, विल्सन विक्रम राई लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।