बलीउड जस्तै टिभी इन्डस्ट्रीमा पनि प्लास्टिक सर्जरीको निकै चलन छ । मिडिया रिपोर्ट्सका अनुसार, धेरै टिभी सेलेब्सले आफ्नो लुक राम्रो बनाउनका लागि सर्जरीको सहारा लिएका छन् । तर, अहिलेसम्म उनीहरुले यो कुराको खुलासा भने गरेका छैनन् ।
मिडिया रिपोर्ट्सका अनुसार, ‘देवों के देव…’ महादेवकी सती र प्रेजेन्टमा ‘नागिन’ मा शिवन्याको भूमिकामा देखिँदै आइरहेकी मौनी रोयले लिप सर्जरी गरिसकेकी छिन् । उनको माथिल्लो ओठ निकै पातलो थियो, जसमा उनी खुशी थिइनन् । यसकारण नै हो उनले सर्जरीको सहारा लिनु पर्यो । मौनीले मात्र होइन टिभीका धेरै चर्चित सेलिब्रेटीले पनि सर्जरी मार्फत आफुलाई राम्रो बनाउने प्रयास गरेका छन् ।