नेपाली चलचित्रका महानायक राजेश हमालले कसैलाई औधि माया गर्ने व्यक्ति र चिजको लिस्ट तयार गरेभने सायद पहिलो नम्बरमा फेसबुक आउँछ । कुनै समय मोवाइलसम्म नबोक्ने राजेश हमाल अहिले फ्री हुनसाथ मोवाइलमा नै झुण्डिने गर्छन । उनी कहाँ जाँदैछन्, के गर्दैछन् भन्ने बुझ्न अहिले उनका सहयोगी रोशन हमाललाई फोन गरेर सोधिराख्नु पर्दैन, हमाल आफै आफ्नो आधिकारीक फेसबुकबाट सबै कुराको जानकारी दिने गर्छन । यतिसम्मकी हमाल केही कुरा खाँदैछन् भनेपनि फेसबुकमा अपलोड गरिहाल्छन् । एक समय थियो हमालसँग कुरा गर्न पनि कि घरमा नै पुग्नु पर्थ्यो कि कुनै चलचित्रको शुटिंग सेटमा तर अहिले उनी फेसबुकबाट पनि आफ्नो व्यबसायिक कामहरु गर्ने गर्छन ।
प्रविधिको विकाससँगै हमालले आफुलाई परिवर्तन गर्नु अनौठो होइन तर फिल्म स्टार भएका कारण कहिले काहिँ उनी आवश्यक नहुने तश्वीरहरु पनि फेसबुकमा अपलोड गरिरहेका हुन्छन् । उनी कहिले काहिँ त साँझ सुत्न लागेको तश्वीरसम्म अपलोड गर्न छुटउँदैनन् ।
फेसबुक प्रेममा चुर्लुम्मै डुबिसकेका हमाल पछिल्लो समय कतै जाँदै गरेको, खाँदै गरेको, गाडीमा सफर गरिरहेको, कोहिँसँग कुराकानी गरिरहेकोदेखी श्रीमती मधु भट्टराईसँग सपिङ र डिनर गरेका तश्वीरहरु पनि शेयर गर्ने गर्छन । कुनै समय फ्यानहरुबाट टाढा रहने गरेको गुनासो खुबै खेपेका हमालले अहिले प्रत्येक कुराको जानकारी फेसबुकमार्फत आफ्ना प्रशंसकहरुलाई दिने गर्छन । यसले उनका फ्यानहरुलाई हमालले के गरिरहेका छन् भने कुराको सजिलै जानकारी हुन्छ ।२०१७ भित्रै पहिलो पटक निर्देशनमा उत्रिन लागेका हमाल अहिले अभिनयबाट भने केही टाढा छन् । राजनीतिमा लाग्ने खरबहरु पनि बाहिर आइरहेको अवस्थामा हमाल अहिले पूरा समय श्रीमती मधुसँग नै बेथित गर्ने गर्छन । केही समय अगाडी मधु र हमालको सम्बन्ध राम्रो नभएको खबर पनि बाहिर आएको थियो, त्यसबेलादेखी मिडियामा यस्ता खाल्का खबरहरु नआओस् भन्नका लागि हमाल आफ्नो फेसबुकमा प्राय दैनिक जसो नै मधुसँगका तश्वीरहरु अपलोड गरिरहेका हुन्छन् र क्याप्सनमा लेखेका हुन्छन्, कहिले ‘मधुसँग’ त कहिले ‘मधुले खिचिदिएको’ ।
तश्वीर : राजेश हमालको फेसबुकबाट