चलचित्र ‘मन्दिरा’ ले आफ्नो रिलिज डेट फाइनल गरेको छ । केही दिन अगाडी राजधानीमा एक कार्यक्रको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको रिलिज डेट अर्को बर्षको असार २ गतेलाई लक गरेको हो । कार्यक्रममा चलचित्रको फस्टलुक पोष्टर पनि रिलिज गरिएको थियो ।
चलचित्र ‘मन्दिरा’ सस्पेन्स ड्रामामा तयार भएको निर्देशक दिपेश सापकोटाले जानकारी दिए । एकै घरबाट छायांकन सुरु भएको यो चलचित्रको इन्डक्ल्याप पनि एउटै घरको कोठामा भएको थियो । चलचित्रको कथा समेत लेखेका निर्देशक सापकोटाले चलचित्रलाई एउटा ‘एक्सपेरिमेन्ट’ को संज्ञा दिएका छन् ।चलचित्रलाई करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन । हरि भट्टको प्रस्तुती रहेको चलचित्र “मन्दिरा” मा सन्तोष सेढाई सह निर्माताको रुपमा छन् । चलचित्रमा नरेन खड्का, बिनि पोखरेली, जे.बि.डि.सी., प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना, लक्ष्मी बस्नेतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा देव कोइमी राइको संगीत, दयाराम पाण्डेको शब्द, अर्जुन बि.सी.को करियोग्राफी, अष्ट महर्जनको द्वन्द र उज्ज्वल ढकालको सम्पादन छ । मन्दिराको पटकथा तथा संवाद अजित लामिछानेले लेखेका हुन् ।