हलीवुड अभिनेत्री जेनिफर लरेन्स आइतबारबाट २६ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म १५ अगस्ट १९९० मा लोइस विलले, संयुक्त राज्य अमेरिकामा भएको थियो । उनले १४ बर्षको उमेर देखी नै थिएटरमा अभिनय गर्न सुरु गरिसकेकी थिइन । नाटक र अभिनयको लागि कुनै पनि अभिनयको प्रशिक्षण नलिएकी लरेन्सले टेलिभिजनमा २००७ देखी २००९ सम्म प्रशारित ‘द बिल एन्गवल’ शो सिटकमा काम गरेकी थिइन । उनले आफ्नो फिल्म यात्रा ‘द बर्निंग प्लेन’बाट सुरु गरिन । मुख्य भुमिकामा उनको पहिलो चलचित्र भने ‘द पोकर हाउस’ थियो । तपाईहरुलाई एउटा कुरा बताऔं कि उनलाई यो चलचित्र पछि कुनै चलचित्रको अफर नै आएन । उनले एकेडमी अवार्ड, गोल्डन ग्लोब अवार्ड, सैटेलाइट पुरस्कार, इन्डिपेन्डेन्ट स्पिरिट पुरस्कार र स्क्रीन एक्टर्स गिल्ड पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । २० बर्षको उमेरमा सर्वश्रेष्ठ अभिनेत्रीको एकेडमी अवार्डबाट सम्मानित भएकी लरेन्स सबैभन्दा कम उमेरकी अभिनेत्री हुन् ।