बलीउडमा कल्कि कोचलीन आफ्नो कुरा र्निधक्क साथ राख्ने अभिनेत्रीको रुपमा चिनिन्छिन् । यस पटक पनि उनले बिन्दास तरिकाले बिहे र सेक्सको विषयमा खुलेर बताएकी छिन् । ३० बर्षको उमेरपछिको सेक्स लाइभको विषयमा बोल्दै कल्किले भनेकी छिन्, ‘३० बर्षपछि सेक्स गर्न निकै आनन्द महशुस हुन्छ । म आफ्नो शरीरलाई लिएर निकै चनाखो हुन्छु । जब तपाई पनि ३० को हुनुहुन्छ तब तपाईलाई पनि लाग्छ कि मान्छेहरु तपाईको बारेमा के सोच्छन् भन्ने । म अहिले बेडमा बढी सेल्फिश भएको छु ।’
कल्किले अगाडी बताएकी छिन, ‘अब म यस्तो कुनै पनि काम गर्दिन जसले अरुलाई नराम्रो लागोस् । म सिर्फ उसलाई मात्र मन पराउँदिन जसले मलाई मन पराउँछ ।’ कल्किको फिल्म निर्देशक अनुराग कश्यपसँग सम्बन्ध विक्षेद भइसकेको छ । उनी भन्छिन्, ‘म जिन्दगीमा कहिले पनि एक्लो भइन तर जब अनुरागसँग अलग भए तब म केही निराश थिएँ । तर हामीले अलग हुनु नै सही फैसला मान्यौ र सम्बन्ध विक्षेद गर्यौ ।’ कल्किले यसअघि पनि बच्चामा भएको यौनशोषणको विषयमा पनि मुख खोलिसकेकी छिन् । अफेयर्स देखी बिहे टुट्नेसम्मको कुरा उनी निकै खुलस्त भन्ने गर्छिन ।