चितवनमा पहिलो पटक आयोजना भएको “मिसेस चितवन २०१७” को उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन् । अन्य १८ जना प्रतिस्पद्र्यीलाई पछि पार्दै सुष्माले उक्त उपाधि जितेकी हुन् । उनले मिसेस चितवनको ताजसँगै नगद ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् ।२९ बर्षीय एक छोराकी आमा सुष्माले मिसेस पर्सानालिटी र भ्यूयर्स च्वाइस अवार्डसमेत हात पारिन् ।
“नारी सशक्तिकरणको भुमिकाबारे सोधिएको प्रमुख निर्णायक रुबी राणा शाहको प्रश्नमा उनले “मिसेस चितवनले नारीभित्र गुम्सेर रहेका प्रतिभा, आत्मविश्वास, समयअनुसार सहजै अंगाल्ने शक्तिको आधारको उर्जा मिलेको र महिला सशक्तिकरण यो प्रतियोगिता महत्वपूर्ण रहेको बताएकी थिइन् । यस्तै फस्ट रनर अप रेनु तामाङ् भइन् भने सेकेण्ड रनर अप आना ढकाल बनिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार रुपैयाँ हात पारे । रेनु तामाङ्ले मिस ट्यालेन्ट अवार्ड जितिन् । आना ढकालले मिसेस कन्जियालिटी अवार्ड समेत जितिन् ।
त्यस्तै क्रमश मिसेस क्याटवाक अवार्ड रोजिना प्रधान, मिसेस डिसिपिलिन् अवार्ड संगीता अर्याल, वेष्ट फिगर अवार्ड सविना चौधरी, वेष्ट स्किन अवार्ड जमुना शर्मा, फ्रेन्डली अवार्ड सपना श्रेष्ठ, वेष्ट स्माइल अवार्ड शान्ति शाही तिवारी, पन्च्युयालिटि अवार्ड धनु थापा मगर, मिसेस व्युटिफुल नितु सापकोटा भण्डारी, मिसेस इनोसेन्ट अवार्ड रिता थनेत, वेष्ट चार्मिङ अवार्ड ज्योतिका थापा, वेष्ट हेयर अवार्ड शितल श्रेष्ठ, मिसेस एक्टिभ अन्जु आचार्य ,मिसेस स्टाइललिश सुनिता थापा सापकोटा, सुष्मा तामांगले मिसेस कन्फिडेन्ट, दिप्ती काफ्लेले मिसेस व्यूटिफूल आईज र लक्ष्मी रिजालले मिसेस फोटोजेनिकको उपाधि जितिन् ।
चर्चित फेशन कोरोयोग्रफ़र एवं संचारकर्मी जयन सुब्बा मानन्धरको कोरोयोग्राफि रहेको यस कार्यक्रम दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहेका थिए । निर्णायकको भूमिकामा पहिलो मिस नेपाल एवं ब्युटिसियन रुवी राणा, फोटोग्राफर राजभाई सुवाल, इभेन्ट अर्गनाइजर बिशाल गुरुङ ,युवा व्यवसायी रुविन रामुदामु मोडेल पियुष कर्ण रहेका थिए । गायिका मिना पोखरेल निरौलाले आफ्नो चर्चित गीत “काले दाइ, ठमेल बजार गीत गाएर दर्शकलाई थप मनोरञ्जन दिएका थिए ।
विभिन्न पेशा व्यवसाय, सामाजिक सेवामा आवद्ध विवाहित महिलाको सहभागिता रहेको कार्यक्रमले महिलाको व्यक्तित्व नेतृत्व विकासमा टेवा पुग्ने बताउँदै “मिसेस चितवन २०१७” को सफलताले अझ उत्साहित बनेको र भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने सोच बनाएकी कार्यक्रम को मुख्य सयोजक दुर्गा घिमिरेले बताइन ।
तश्वीर : नविन चौतारिया, शुभ वेडिंग