असोज ७ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘झुम्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पुर्ण कलाकारहरु देखिएका छन् । ट्रेलर हेर्दा चलचित्रले द्धन्द्धकालिन घटना उठाएको बुझ्न सकिन्छ । अपिल बिष्ट फिल्मस् र सिनेमा आर्टसको ब्यानरमा संयुक्त रुपमा निर्माण भएको चलचित्र ‘झुम्की’ मा दयाहाङ राई, रीश्मा गुरुङ, मलिना जोशी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रामबाबु गुरुङको लेखन, शैलेन्द्रध्वज कार्कीको छायांकन छ । निर्देशक अपिल बिष्टका अनुसार यो तराइको कथा हो । थरुनी केटी र प्रहरीविच हुने प्रेमको कथालाई यसमा उठान गरिएको छ । नेपालीपन बोकेको, नेपाली समाजकै कथामा चलचित्र निर्माण गरेको निर्देशक अपिलले जानकारी दिए ।