कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ का लागि अहिले खराब समय चलिरहेको छ । अब सोनी च्यानल यस्तो फैसला लिन जाँदैछ कि जसले कपिलको मुश्किल अझ बढाउन सक्छ । सोर्सको खबरलाई आधार मान्ने हो भने सोनी च्यानल कपिलको शो बन्द गर्न सक्छ । यति मात्र होइन, यो च्यानलबाट चाँडै डा. मसूर गुलाटी उर्फ सुनील ग्रोवरको नयाँ शो टेलिकास्ट हुनेछ । बताइदिउँ कि शोको गुम्दै गएको टीआरपी र कपिलको रवैयाका कारण च्यानलले कपिललाई केही दिन अगाडी नै अल्टीमेटम पनि दिएको थियो । क्लोज सोर्सका अनुसार, सुनीलको यो शोमा सुनील ग्रोवरसँगै चन्दन प्रभाकर र अली असगर पनि सहभागी हुन सक्छन् ।