बलीउड अभिनेत्री आलिया भट्टले यस्तो काम गरेको छिन् कि, जुन सुनेर सबैको होस् उठ्छ । सायद बलीउडमा यस्ता हिरोइनहरु नै छैनन् होला, जो बलीउड एक्टर आमिर खानको फिल्ममा काम गर्न अस्वीकार गरुन । खबर यो छ कि आलिया भट्टले आमिर खानसँग फिल्ममा काम गर्न अस्वीकार गरेको बताइएको छ । खासमा, यो फिल्ममा आलियाको भूमिका निकै छोटो थियो र
खासै दमदार भूमिका पनि नभएका कारण उनले अस्वीकार गरेको स्रोतले बताएको छ ।
आमिर खानको नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ का लागि अहिले पनि हिरोइनको खोजी भैरहेको छ । पहिला फिल्मका लागि वाणी कपूरको नाम बाहिर आएको थियो तर आमिरले वाणीलाई लिन मानेनन् । त्यसपछि आमिर चाहन्थे कि आलिया उनको साथमा फिल्ममा काम गरुन र उनले पर्सनली आलियासँग रिक्वेस्ट गरे । आलिया पहिला त मानेकी थिइन् तर जब उनलाई थाहा भयो कि फिल्ममा आफ्नो भूमिका छोटो छ भन्ने त्यसपछि उनको लागि कुनै खास स्कोप फिल्ममा नभएपछि फिल्म गर्न अस्वीकार गरिन् । सुत्रका अनुसार, यस विषयमा आलियासँग जोडिएका एक सुत्रसँग सोधिएको थियो र उनले भने, ‘आलिया आमिर खानसँग काम गर्न चाहन्छिन् तर भूमिका बलियो हुनु पर्छ ।’