विश्वका कुरा छाडौँ । नेपालकै सन्दर्भको कुरा गर्ने हो भने अहिले अघिकाशं नेपालीको पारिवारिक ठाकठुकको पहिलो कारण सामाजिक सञ्जाल फेसबुक नै हुने गरेको छ । सामाजिक सञ्जाल फेसबुक विश्वभर दिन प्रतिदिन यति धेरै लोकप्रिय बन्दै गएको छ की श्रीमानका लागि श्रीमति र श्रीमतिका लागि श्रीमान भन्दा पनि फेसबुक प्यारो बन्न थालेको छ ।
फेसबुकका सकारात्मक पक्ष पनि उत्तिक्कै छन् । वर्षौंदेखि बिछोडिएका परिवारको पुनर्मिलन गराउनेदेखि विश्बका जुनसुकै कुनामा रहेका आफन्तसँग घण्टौ गफगर्न पनि यो गतिलो माध्ययम बनेको छ ।
पछिल्लो अनुमान अनुसार विश्वभरी करिब एक अर्ब भन्दा बढी मानिसले दैनिक फेसबुक चलाउँछन् । नेपालमा मात्र फेसबुक प्रयोगकर्ताको संख्या झण्डै ७० लाख छ ।
सर्वसाधारणहरुले मात्र होइन विश्वका सुप्रसिद्ध व्यक्तिहरुले समेत सामाजिक सञ्जाल फेसबुक चलाउने गरेका छन् । जसबाट उनीहरु आफ्ना प्रशंसकहरुसँग कुरा गर्न देखी आफ्ना विचारहरु फेसबुकमार्फत व्यक्त गर्ने गर्दछन् । हलीउड, बलीउड, टलीउड लगायतका हजारौं स्टारहरु समेत फेसबुकमा सक्रिय छन् । यसबाट नेपाली कलाकारहरु पछाडि पछाडि पर्ने त कुरै भएन । नेपालका सयौं कलाकारहरु पनि फेसबुक लगायतका अन्य सामाजिक सञ्जालमा खुबै सक्रिय हुने गर्छन । कुनै दिन मोवाइल समेत नबोक्ने राजेश हमालदेखी, भुवन केसी, करिश्मा मानन्धर, रेखा थापा, आर्यन सिग्देल लगायतका थुप्रै स्टारहरु फेसबुक अगायतका अन्य सामाजिक सञ्जालमा सक्रिय छन् ।
तर, तपाईहरुलाई यो पत्यार नलाग्न सक्छ कि नेपाली चलचित्रका एक्सन स्टार निखिल उप्रेती सामाजिक सञ्जालबाट निकै टाढा छन् । फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जालहरु निखिल उप्रेती प्रयोग गर्ने गर्दैनन् । तर, तपाईहरुको एउटा प्रश्न रहन सक्छ, त्यसो भए फेसबुकमा निखिलको नाम सर्च गर्दा सयौं फेसबुक अकाउन्ट भेटिन्छ त ? हो, भेटिन्छ तर ति सबै फेसबुकहरु आईडीहरु फेक हुन । उसबाट उनी निकै पीडित पनि हुने गरेका छन् । विभिन्न व्यक्तिहरुले निखिलको नाममा फेसबुक अकाउन्ट खोलेर उनकै बारेमा गलत प्रचार समेत गर्ने गरेका छन्, जसले गर्दा उनी बेलाबखतमा विवादमा समेत तानिने गर्छन । निखिललाई फेसबुक लगायतका सामाजिक सञ्जाल नचलाएकोमा पछुतो भने छैन तर उनी चाँडै फेसबुकमा आउने तयारीमा भने छन् । फेसबुकमा आउँदा आफ्ना प्रशंसकहरुसँग कुरा गर्न पाइने र फेसबुकबाटै आफ्नो विचार पोख्न पाइने भएका कारण निखिलको पनि पछिल्लो समय फेसबुकप्रति मोह बढ्दै गएको देखिन्छ ।