भनिन्छ कुनै पनि कलाकारलाई सुन्दर बनाउन सबैभन्दा ठुलो हात मेकअप म्यानको हुन्छ । शारीरिक रुपमा जो जतिसुकै भद्दा किन नहोस्, उनिहरुलार्इ चिरिच्याट्ट पारिदिन्छन् मेकअप म्यानले । त्यसैले त, विना मेकअप खासै बाहिर हिँडडुल गर्दैनन् कलाकारहरु । हामीले बेला बखतमा तपाईहरुमाझ हलीउड र बलीउड अभिनेत्रीहरुको विना मेकअपका तश्वीरहरु प्रकाशन गर्दै आइरहेका छौं ।
आज हामीले तपाईहरुलाई नेपाली एक्ट्रेस साम्राज्ञीराज्य लक्ष्मी शाह विना मेकअप घरमा रहँदाका केही तश्वीरहरु प्रकाशन गरेका छौं, जहाँ साम्राज्ञीलाई विना मेकअप चिन्न पनि निकै मुश्किल पर्छ तपाईहरुलाई । साम्राज्ञीले हालैमा आफ्नो इन्स्टाग्राममा केही तश्वीरहरु अपलोड गरेकी छिन्, जहाँ उनलाई विना मेकअप देख्न सकिन्छ । परिवारसँग रमाइलो गर्दै गर्दा खिचिएको तश्वीरले साम्राज्ञी घरमा बस्दा कस्तो पहिरन लगाउँछिन् भन्ने तपाईहरुको उत्सुकतालाई पनि मेटाउँछ । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा हट पहिरनमा देखिने साम्राज्ञी घरमा बस्दा भने साधारण यूवती भन्दा फरक देखिन्नन् ।
गएको बर्ष अनमोल केसी स्टारर मूभी ‘ड्रिम्स’ बाट नेपाली रजतपटमा भित्रिएकी साम्राज्ञीको चर्चा यतिबेला खुबै छ नेपाली सिनेवृतमा । महँगी नायिकाको रुपमा समेत चिनिएकी साम्राज्ञी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट हलमा लाग्दैछ । त्यस्तै २०७४ मै उनी अभिनित अर्का दुई चलचित्र ‘तिमीसँग’ र ‘मंगलम’ पनि हलमा लाग्ने तयारीमा छ ।