हो, एउटै चलचित्रले नायिका नम्रता श्रेष्ठको करिअर सुरु नुहँदै ध्वस्त भएको छ । यसो भनिरहँदा तपाईहरुको मनमा विभिन्न प्रश्नहरु उब्जिन सक्छ, त्यो कसरी ? नायिका नम्रता श्रेष्ठ त हिट नायिका हुन त ? हामीले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘मेरो एउटा साथी छ’ जस्ता चलचित्रकी हिट नायिका नम्रता श्रेष्ठको कुरा गरेका होइनौं । यस बर्ष प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ हेर्नु भएको छ भने उक्त चलचित्रमा काम गरेकी नायिकाको नाम पनि नम्रता श्रेष्ठ नै हो । नम्रता श्रेष्ठ भन्दा ‘क्लासिक’ जस्ता चलचित्रकी हिट नायिका भनेर दर्शकहरुले चिनेपनि ‘गाँठो’ की नायिका नम्रता श्रेष्ठ पनि नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप बनाउने दौडमा थिइन् । पहिलो डेब्यू चलचित्र भएका कारण पनि नम्रतालाई ठूलै आश थियो ‘गाँठो’ ले केही चाहिँ पक्कै गर्छ । र, गर्यो पनि नम्रताको श्रेष्ठको करिअर सुरु नहुँदै चौपट बनाएर । ‘गाँठो’ रिलिज भएपछि आफु पनि हिट नायिकाको सूचीमा उभिएर नम्रता श्रेष्ठ झै चर्चित बनौंला भन्ने ठूलै सपना बुनेकी थिइन नयाँ नायिका नम्रता श्रेष्ठले तर उनको सपना फूल्न नपाउँदै सपनामा नै ओइलियो, जब ‘गाँठो’ हलमा लाग्यो । जताततै गालीको मात्र बर्षा भएपछि नम्रतालाई ‘गाँठो’ सफलताको सिढी चढ्ने भर्याङ बनेन् बरु फिल्मी यात्रा सुरु हुँदै गर्दाको करिअरलाई नै धरापमा पार्ने ‘रावण’ बनेर निस्कियो ।
‘गाँठो’ रिलिजताका खुबै चर्चामा रहेकी नम्रताको अहिले नाम पनि सुन्न पाइँदैन । वीरगञ्जबाट हिरोइन बन्नका लागि काठमाडौं छिरेकी नम्रताले प्लस टुको परिक्षा दिएपछि चलचित्र ‘गाँठो’ मा काम गरेकी थिइन् । चर्चित नायिका नम्रता श्रेष्ठसँग नाम जुध्नुले पनि अहिले उनलाई नेपाली चलचित्रमा करिअर बनाउन खुबै मुश्किल भैरहेको उनी निकट स्रोत बताउँछ । हुनत, उनले चलचित्र ‘गाँठो’ साइन गर्नु अघि नै नाम परिवर्तन गर्ने सोच बनाएकी थिइन् तर उनलाई आमाबुबाले राखिदिएको नम्रता श्रेष्ठ नामबाटै दर्शकमाझ चिनिन्छु भन्ने पूर्ण विश्वास थियो तर गाँठोले न दर्शकमाझ चिनायो नत नम्रता श्रेष्ठ जस्तै हिटको नायिकाको पंक्तिमा नै उभ्यायो । अहिले उनी के गर्दैछिन् त्यो त उनैलाई थाहा होला तर उनको कमब्याक फेरी नेपाली चलचित्रमा हुन्छ वा हुन्न त्यसको प्रतिक्षा पनि गज्जबले भैरहेको छ ।