बलीउड एक्ट्रेस गीता बाली र शम्मी कपूरको पहिलो भेट केदार शर्माको फिल्म ‘रंगीन रातें’ को सेटमा भएको थियो । शूटिंगको दौडानमा यि दुई प्रेम सम्बन्धमा रहे । २२ अगस्त १९५५ को आँधी रातको शम्मीले जनी वकर र हरिवालियाको साथ मुम्बई स्थित वानगंगा मन्दिरमा गीतासँग विवाह गर्ने निर्णय लिए । जब उनीहरु मन्दिर पुगे तब मन्दिरको ढोका बन्द भइसकेको थियो । त्यसैले उनीहरुको विवाह गर्न पुजारीले पनि अस्वीकार गरे ।
शम्मीको जिद्द र उनको समस्यालाई देखेर पुजारीले उनीहरुको विवाह गराइदिए । विहान चार बजे शम्मी मन्दिरको सामु उपस्थित थिए । परिवारको विपरित विवाह गर्न लागेको डरले हतार हतारमा शम्मीले भुलेछन् विवाहमा चाहिने महत्वपूर्ण चिज सिन्दर नै ल्याउन । विवाहको सबै रिती रिवाज सकाएपछि पुजारीले शम्मीलाई गीताको सिउँदोमा सिन्दर भर्न भने त्यसबेला शम्मी चकित परे किनकी उनले सिन्दुर नै ल्याउन विर्सिएका थिए । शम्मीको अबस्था देखेर गीताले आफ्नो ओठमा लगाउने लिपिस्टिक शम्मीको हातमा राखिदिइन र शम्मीले सिन्दरको साटो गीतालाई लिपिस्टिकलाई सिन्दर बनाएर गीतको सिउँदो भरिदिए ।