बलीउड अभिनेत्री ऐश्वर्या रायको बाटोमा हिँड्दै बलीउडकी अर्की व्यूटी एक्ट्रेस् कृति सैननले आफ्नो आँखा दान गर्ने फैसला गरेकी छिन् । कृतिले भनेकी छिन् कि यो सुन्दर संसार देखाउनु पनि एउटा वरदान हो । त्यसैले उनले आफ्नो निधनपछि आँखा दान गर्ने निर्णय गरेकी हुन् । यसै विषयमा बोल्दै कृतिले भनिन्, “मैले केही बर्ष देखी यस्तो इच्छा गरेको थिएँ । मलार्य लाग्छ कि सुन्दर संसार देख्नु एउटा वरदान हो । मलाई खुसी हुन्छ यदी म मरेपछि कसैको जीवनमा उज्यालो ल्याउन सकुँ । मलाई लाग्छ कि धेरै भन्दा धेरै मान्छेहरु आँखा दान गर्नु पर्छ ।” यो कुराको जानकारी पनि तपाईहरुलाई रहोस् कि बलीउड अभिनेत्री ऐश्वर्या रायले समेत मृत्युपछि आफ्नो आँखा कसैलाई दान गर्ने घोषणा गरिसकेकी छिन् ।