शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाहुबली २’ ले उत्साहजनक ओपनिङ गरेको छ । पहिलो दिन नै आक्रामक देखिएको फिल्मको विजनेसले दोश्रो दिन पनि निरन्तरता पायो । आईतबार पर्ने बिदाको दिन फिल्मले थप कमाल गर्ने अनुमान छ ।
वलिउड अनलाईनहरुले लेखे अनुसार यो साउथ फिल्मले पहिलो दिन हिन्दी भर्सनमा मात्रै ४१ करोड (ओभरअल १२१ करोड) र दोश्रो दिन हिन्दी भर्सनमा ४२ करोड (ओभर अल १०२ करोड) विजनेस गरेको छ । हिन्दी भाषामा प्रदर्शनमा आएका भारतका सबै फिल्मको विजनेसलाई यो फिल्मले उछिनेको छ ।
एक दिनको सर्वाधिक विजनेस गर्नेमा शाहरुख खान स्टारर हेप्पी न्यू ईअर ले ४४ करोड बढि र सलमान खानको ‘प्रेम रतन धनपायो’ ले ४१ करोड आसपास विजनेस गरेका थिए तर लगातार दुई दिन ४० करोड बढि विजनेस गर्ने एक मात्र भारतिय फिल्म ‘बाहुबली २’ बनेको छ ।
यो फिल्मको वर्ड अफ माउथ पनि उत्कृष्ट पाईएको छ । लिड अभिनेता प्रभासलाई दक्षिण भारतमा भगवान सम्झेर पूजा गरेका छन् । फ्यानहरुले उनको पोस्टरमा नै दुधले नुहाएका छन् ।