जेठ १९ मा प्रदर्शन हुने फिल्म ‘रातोघर’को तेश्रो ट्रेलर रिलिज भएको छ । निर्माण टिमले यसअघि नै फिल्मका दुई ट्रेलर रिलिज गरिसकेको छ । कमेडियन स्टार विल्सन विक्रम राईको नाम जोडिनुले नै फिल्म प्रतिक्षित बनेको निर्माण टिमले दाबी गरेको छ ।
सुरज सुब्बा नाल्बो निर्देशित फिल्मको सार्वजनिक ट्रेलरमा विल्सनको ‘पञ्च’ कमेडी समावेश छ । फिल्ममा विल्सनसँगै मेनका प्रधान, गौरव पहारी, संयम पुरी, अनुराग कुवंर, विकेश श्रेष्ठ लगायतको अभिनय छ । माला लिम्बुले आइटम गीतमा कम्मर मर्काएकी छिन् ।
फिल्मको यसअघि सार्वजनिक ‘झकास झापाली’ बोलको गीत चर्चामा छ । केहि दिन पहिले राजधानीमा आयोजित प्रचारात्मक कार्यक्रममा उपस्थित अभिनेता सुनिल थापाले फिल्म हेरिसकेको बोल्दै ‘रातो घर’मा विल्सनले निभाएको भुमिका हालसम्म कै आम अभिनेताको भन्दा फरक दाबी गरेका थिए ।