नेपाली चलचित्रकी नायिका एवं निर्मात्री उमा बेबीकी छोरी भारतमा भएको ‘मिस भारत २०१६’ की उप-विजेता बनेकी छिन् । शिवानी गिरीले मिस भारतको फस्ट रनरअपसँगै अन्य केही उपाधीहरु जितेकी छिन् । चाँडै नेपाली चलचित्रमा नायिकाको रुपमा डेव्यू गर्न लागेकी शिवानी मिस भारत २०१६ कै लागि केही महिना देखी भारतमा रहँदै आएकी थिइन । ‘मिस भारत २०१६’ को उप-विजेता भएपछि खुसी व्यक्त गर्दै शिवानीले आफुलाई थप जिम्मेवारी थपेको बताइन । केही दिन भित्रै शिवानीकी आमा उमा बेबीले नयाँ चलचित्रको निर्माण घोषणा गर्दैछिन्, जसमा शिवानी मुख्य भुमिकामा हुनेछिन् । ‘शीशा’ लगायतका केही चलचित्रमा काम गरेकी उमा बेबीले ‘इसारा’ नामक चलचित्र निर्माण गरेकी थिइन ।