असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ को नयाँ गीत रिलिज भएको छ । अडियो गीतबाट नै सर्वाधिक चर्चा बटुलेको ‘उनि आकाशबाट झरेकी अप्सरा’ बोलको भिडियोमा चलचित्रका नायक किशोर खतिवडा, पृथ्वीराज प्रसाई र नायिका शिल्पा पोख्रेल देखिएका छन् । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा किशोर र पृथ्वीराजले शिल्पाको तारिफ गरेको देख्न सकिन्छ । सार्वजनिक गीतमा उदीत नारायण झाको स्वर रहेको छ भने अर्जुन पोख्रेलको संगीत र अमृत रेग्मीको शब्द रहेको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी उत्कृष्ट देख्न सकिन्छ । छविराज ओझाले निर्माण गरेको चलचित्र किस्मत २ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । निकै बर्ष अगाडी अर्थात आर्यन सिग्देलको डेव्यू फिल्म ‘किस्मत’को सिक्वेल ‘किस्मत २’ मा कुनै पनि पुराना कलाकारहरु दोहोरिएका छैनन् । ‘किस्मत’ मा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देलको अभिनय रहेको थियो ।