मुम्बई(एजेन्सी) । बलिउड अभिनेता ऋतिक रोशनलाई मनपराउने फ्यानका लागि एउटा खुशीको खबर छ । यी अभिनेता चाँडै नै ‘कृष’को चौथो सिरिजमा नयाँ अवतारमा प्रस्तुत हुँदैछन् ।
बाहुबली र हलिउडमा सुपरहिरोको फिल्मले व्यापारिक सफलता पाउन थालेपछि ऋतिकका पिता राकेशले फिल्म ‘कृष’को सिरिजलाई निरन्तरता दिन लागेका हुन् । हाल राकेश फिल्मको स्क्रिप्टको काम गरिरहेकाले स्क्रिप्ट सकिएपछि फिल्मको घोषणा गर्ने तयारीमा छन् ।
फिल्ममा ऋतिक ‘वण्डर वुमेन’ जस्तै कुनै एउटा भूमिका निभाउन चाहन्छन् । ‘वन्डर वुमेन’को ट्रेलर मनपराएपछि ऋतिकले पिता राकेशलाई त्यस्तै किसिमको स्क्रिप्ट बनाउन आग्रह गरोक छन् ।
फिल्म ‘कृष ४’मा ऋतिकको हिरोइन को हुन्छिन् भन्ने अहिलेसम्म यकिन भएको छैन । तर ‘कृष २’ र ‘कृष ३’मा ऋतिकसँग काम गरेकी अभिनेत्री प्रियंका चोपडा नै फिल्ममा हुने सम्भावना बढेको सञ्चारमायमले जनाएका छन् ।