२०१२ मा प्रदर्शनमा आएको नेपाली चलचित्र लुटको सिक्वेलको अहिले धमाधम छायाँकन भइरहेको छ । यसै बर्षको फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ‘लुट २’ का मुख्य कलाकार सौगात मल्ल उर्फ ‘हाकु काले’को एक्सक्लूसिभ तस्बिर सार्वजनिक भएको छ । ‘लुट २’ को छायाँकन सेटबाट बाहिरिएको तस्बिरमा सौगात उर्फ ‘हाकु काले’ त्रिभुवन विमानस्थलमा आफ्नो परिवारसँग काहीँ यात्रा गर्ने तयारीमा रहेको देख्न सकिन्छ । तस्बिरमा ‘पुतली’को भुमिकामा रहेकी सिर्जना सुब्बा र एक छोराको साथमा सौगात देखिएका छन् । लुट रिलिज भएपछि ‘हाकु काले’को नामबाट चर्चित बनेका सौगात लुट २ मा पनि हाकु कालेकै भुमिकामा देखिँदैछन् । निश्चल बस्नेतको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइनेछ ।