मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपुर अर्का अभिनेता सञ्जय दत्तको बायोपिकमा आधारित फिल्ममा सञ्जय दत्तको भूमिकामा अभिनय गरिरहेका छन् । जुन कुराको फोटो मिडियामा चुहावट भएको छ । तस्वीरमा रणवीरलाई सञ्जयकै लुक्समा प्रस्तुत गरिएको छ । रणवीरको फोटो सार्वजनिक भएपछि निर्देशक राजकुमार हिरानीले तस्वीर बाहिरिँदा दुःख लागे पनि त्यो तस्वीरलाई दर्शकले मनपराइदिएकोमा खुशी लागेको बताए ।
भारतीय सञ्चारमाध्यमले हिरानीको भनाई उदृत गर्दै फिल्म छायांकनको काम ६० प्रतिशत सकिएको जनाएका छन् । निर्देशक हिरानीले फिल्मको छायांकन अमेरिकामा भएपछि सबै काम सकिने बताएका छन् ।
सञ्जयको जीवन निकै उतारचढावमय छ । उनले आफ्नो जिन्दगीको कैयौं वर्ष जेल र अदालतको चक्कर लगाउँदै बिताए । फिल्ममा सञ्जयको पत्नी मान्यताको भूमिका दिया मिर्जा र आमाको रोल मनिषा कोइरालाले निभाईरहेका छन् ।