काठमाडौं । नाटकको अभिनयमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनहुँ ब्यास पुगेका उनलाई मतदानपछि अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो ।
‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनहुँ व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले भने।
ब्यास वडा नंम्बर १ मा परियारमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। कलाकार परियार एक्टर्स स्टुडियो नेपालसँग आवद्ध थिए। पछिल्लो समय उनी गायनतर्फ पनि लागेका थिए।
उनी निर्वाचनमा मतदान गर्न शनिबार मात्रै दमौली पुगेका थिए। तनहुँ व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए।हत्या किन र कसले गर्यो भन्ने खुल्न सकेको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।