इटहरी । नेपाल चलचित्र संघले सुनसरीको इटहरीमा निर्माण गर्न लागेको पूर्वाञ्चल भवनको आइतबार शिलान्यास गरिएको छ । संघका वर्तमान सभापति प्रदिपकुमार उदय, पूर्व अध्यक्ष राजकुमार पोखरेल र पूर्वाञ्चल सभापति चैतन्य बरालले भवनको शिलान्यास गरे ।
संघका अध्यक्ष उदयका अनुसार एक वर्षमा निर्माण गरि सकिने भवन इटहरीको आइतबारेमा बन्दैछ । शिलान्यास अघि पूर्व अध्यक्ष पोखरेलको प्रमुख आतिथ्य र वर्तमान अध्यक्ष उदयको अध्यक्षतामा संघको पूर्वाञ्चल भेला भएको थियो ।
भेलाले संघको वृहत्तर हितमा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सदस्यको पक्षमा सधैं एकजुट हुनेसमेत निर्णय गरेको छ ।