सलमान खान स्टारर फिल्म ‘ट्युवलाईट’को पहिलो गीत रिलिज भएको छ । ‘रेडियो’ बोलको गीत रिलिजको केहि घण्टामै भाईरल बनेको छ । सामाजिक सञ्जालमा गीतको चर्चा परिचर्चा बढ्दो छ । भारतको युट्युव ट्रेण्डिङमा टप स्थान कब्जा गरेको गीतको नेपालमा पनि खोजी उत्तिकै छ ।
रिलिजको १५ घण्टा हुँदै गर्दा हालसम्म युट्युवमा ४२ लाख बढिले हेरिसकेका छन् । कमेन्टमा उत्कृष्ट लेखेका दर्शकले फिल्मको व्यग्र प्रतिक्षाका शब्दहरु व्यक्त गरेका छन् ।
कबिर खान निर्देशित फिल्म यहि ईदमा नेपाली मिति अनुसार असारमा रिलिज हुँदैछ ।