मुम्बई(एजेन्सी) । आफ्नो फिल्म ‘नो इन्ट्री मे इन्ट्री’मा बलिउड अभिनेता सलमान खानले अभिनय गर्न नमानेपछि निराश बनेका फिल्म निर्माता बोनी कपुरलाई अर्को समाचारले खुशी दियो । अभिनेता सलमानले नै बोनीको अर्को फिल्म ‘वान्टेड २’मा खेल्नका लागि सहमति जनाएपछि बोनीमा खुशीको सीमा नै छैन ।
कपिराइटको लफडामा परिरहेको ‘वान्टेड’को विषयमा अदालतले निर्माता बोनीको पक्षमा फैसला गरिदिएपछि बोनीले ठूलो राहत पाएका छन् । यही मौकालाई सदुपयोग गर्दै बोनीले सलमानलाई फिल्मको गरेपछि सलमान सहमत भएका हुन् ।
फिल्ममा सलमानले कलाकार प्रभु देवालाई पनि अभिनयका लागि तयार हुन निर्देशन दिइसकेका छन् । प्रभु यतिबेला सलमानको सुझावका आधारमा फिल्मको प्लटको अध्ययन गरिरहेका छन् । प्रभुले पनि आफु सलमानसँग फिल्ममा खेल्न आतुर रहेको बताइसकेका छन् ।
सन् २००९ मा रिलिज भएको फिल्म ‘वान्टेड’ले सलमानको एक्सन चरित्रलाई दर्शकमाझ परिचित गराइदिएको थियो । यो फिल्म पछि सलमानले अभिनय गरेका अधिकांश फिल्म बक्स अफिसमा हित भएका छन् ।