नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइराला मंगलबारबाट ४६ बर्षमा लागेकी छिन् । लामो समय क्यान्सरबाट पिडीत रहेकी मनिषको चाँडै बलीउड चलचित्र रिलिजको तयारीमा रहेको छ । उनको जन्म सन् १९७० अगस्ट १६ मा काठमाडौंमा भएको हो । १९८९ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरी भेटौँला’बाट अभिनय यात्रा सुरु गरेकी मनिषाले १९९० मा बलीउड चलचित्र ‘सौदागर’ बाट हिन्दी चलचित्रमा डेव्यू गरेकी थिइन । मनिषाले नेपाली र हिन्दी मात्र होइन तामिल, तेलेगु, मलाअलम चलचित्रमा पनि काम गरेकी छिन् ।
फिल्म फेयर अवार्डबाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार र ‘खामोशी’ चलचित्रबाट स्टार स्क्रीन सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पनि मनिषाले जितिसकेकी छिन् । कयौ हिट र फ्ल्प चलचित्र पनि दिएकी मनिषाको फिल्मी यात्रा नेपाली चलचित्र भन्दा पनि बलीउड चलचित्रमा बढी रह्यो । उनले केही बर्ष अगाडी राजेश हमालको जोडी बनेर ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी थिइन ।
केही महिना अगाडी मात्र दक्षिण भारतीय चलचित्र ‘मिलेसेना कोडू’ को छायाँकन सकाएर मनिषा नेपाल आउने र जाने गरिरहन्छिन् । बलीउडस्टार सलमान खानसँग ‘खामोसिया : द म्युजिकल’ मा काम गरेकी मनिषाको यो सबैभन्दा सुपरहिट चलचित्रको रुपमा हेरिन्छ । त्यस्तै उनले शाहरुख खानसँग चलचित्र ‘दिल से’ र आमिर खानसँग ‘अकेले हम अकेले तुम’ चलचित्रमा काम गरेकी थिइन ।
एक समय बलीउडमा राम्रै दबदबा रहेको मनिषाको ‘१९४२: अ लभ स्टोरी’ पनि सफल चलचित्रको हो । मनिषाले २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन तर उनको बैबाहिक सम्बन्ध धेरै बर्ष टिक्न सकेन र उनीहरुले २०१२ मा सम्बन्ध विक्षेद गरे । त्यसपछि मनिष अहिले एक्लो जिन्दगी विताइरहेकी छिन् ।