फिल्म निर्माता शिरिष कुंदरले ४४ औं वसन्त पार गरेका छन् । वलिउडकी चर्चित निर्देशक फराह खानका पति रहेका शिरिष र फराहले १९७३ मा विवाह गरेका थिए । विहेको १२ वर्ष पुरा हुँदा वलिउड भाष्करले रोचक कुरा बाहिर ल्याएको छ ।
वलिउडमा फराह र शाहरुख निकै मिल्ने साथी मानिन्छन् । फराहले धेरै नै फिल्ममा शाहरुखलाई निर्देशन पनि गरेकी छिन् । तर उनका पतिको जन्मदिनमा नयाँ कुरा बाहिर आएको छ कि, शाहरुखले एक समय फराह पतिलाई झापड हानेका थिए ।
२०१२ मा रिलिज फिल्म ‘अग्निपथ’को सक्सेस पार्टीमा शाहरुखले शिरिषमाथी हात उठाएका थिए । सोहि समयमा रिलिज भएको शाहरुखको फिल्म ‘रावन’को समयमा शिरिषले ट्विट गर्दै उक्त फिल्ममा जोडिएको शाहरुखको पात्रलाई खिल्ली उडाएका थिए । सोहि कारण पार्टीमै शाहरुखले उनलाई कुटपिट गरेका थिए ।