अन्तर्राष्ट्रिय फिल्ममेकर मीरा नायरले आफ्नो नयाँ चलचित्र ‘क्वीन अफ कैट्वे’को पोष्टर रिलिज गरेकी छिन् । फिल्ममा डेविड ओयेलोवो, अस्कर विनर ल्युपिटा न्योन्गो र न्यूकमर मदिना नलवान्गा लीड रोलमा छन् । फिल्म यूगान्डाकी एक यूवतीको सत्य घटनामा फिल्म आधारित रहेको छ । यसमा देखाइएको छ कि चेसले कसरी एक यूवतीको जिन्दगीमा परिवर्तन ल्याएको हुन्छ । आफ्नो परिवार र कम्यूनिटीको सपोर्टबाट उक्त यूवतीले इन्टरनेशनल चेस चैन्पियन बन्नका लागि आफ्नो सपना साकार भएको सोच्न थाल्छिन् । फिल्मलाई मीरा नायरले निर्देशन गरेकी हुन् । चलचित्रमा स्क्रीनप्ले विलियम वीलरको रहेको छ । चलचित्रको प्रोड्यूसर्स लीडिया डीन पिल्चर र जोन कार्ल्स र एक्जिक्यूटिव-प्रोड्यूसर ट्रो बडर रहेका छन् ।