पछिल्लो समय नेपाली फिल्म उद्योग अनि सांगितिक क्षेत्रमा प्रतिभा विना नै पैसाको दम्भमा नै कलाकारितामा प्रवेश गर्नेहरुको संख्या बढ्दो छ । जसले संभावनावान अनि सक्षम प्रतिभाहरु छायाँमा पर्दै आएको कुरा पनि छिपेको छैन् ।
यो बीचमा पछिल्लो समय कला संस्कृतिलाई नै प्रहार गर्दै मौलाउँदो विकृतिलाई व्यङ्ग्य गर्दै गायक अरबिन्द्र भट्टराईले नयाँ गीत लिएर आएका छन् । ‘के म हेन्डसम छैन र’ बोलको गीतमा अरबिन्द्रको शब्द समावेश छ भने अभिनयमा पनि उनि स्वयंम प्रस्तुत हुँदा साथ चिरञ्जिवी सापकोटा, चन्दा दाहाल, सन्ध्या बुढा (काउली बुढी) ले दिएका छन् ।
विन्दास प्रोडक्सनको प्रस्तुतीमा तयार भएको गीतमा अरबिन्द्रलाई गायनमा साथ गीता रिजालले दिएकी छिन् । लय तथा संगीत संयोजनको काम केशव आचार्यले गर्दा भिडियोमा क्यामेरा बासु बरालले चलाएका छन् । चिरञ्जिवी सापकोटाले निर्देशन गरेको गीतको सार्वजनिक भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन । केहि दिन पहिले सार्वजनिक गीतको सुटिङ रिपोर्टको भिडियोले सामाजिक सञ्जालमा राम्रो भ्यूअर्स कमाईसकेको छ । गायक भट्टराईले यसअघि ल्याएको ‘घर घरमा ग्यास पाईप’ बोलको गीत युट्युवमा हिट भइसकेको छ ।