वलिउड सुपरस्टार सलमान खानको आर्थिक हैसियत कति होला, त्यो धेरैलाई अनुमान लगाउन कठिन हुनसक्छ । फिल्म तथा रियालिडी शो धेरैतिर राज गरिसकेका सलमान आर्थिक हिसाबले जति सबल भएपनि अहिलेसम्म भाडा तिरेरै फ्ल्याटमा बस्दै आएका छन् ।
केहि दिन पहिले सिंगिङ रियालिटी शो ‘सारेगामा लिटिल च्याम्प’मा पुग्दा उनलाई एक कन्टेस्टेन्टले सोधिन्, ‘तपाईं बंगला खरिद नगरी फ्ल्याटमा किन बस्नुहुन्छ ?’, तब सलमानले यसको कुटनीतिक जवाफ फर्काए । उनले भने, ‘मलाई बंगलामा बस्नुभन्दा फ्ल्याटमा बस्न यसकारण ठिक लाग्छ, किनकी म जहाँ बस्छु त्यसको माथी मेरो ‘प्यारेन्ट्स’हरु रहनुहुन्छ ।’ ‘एक्लै बंगलामा बस्नु भन्दा फ्ल्याटमा परिवारसँग बस्नुमा मलाई गर्व छ’, सलमानले थपे ।
सलमानले बच्चा समयमा फल्याटको तल धेरै बच्चासखीहरुसँग नाचखेल गरेको स्मरण गर्दै त्यो दिनको अहिले पनि उत्तिकै याद आउने बोले । जुन कुरा एक्लै बंगलामा बस्दा पाउँदिन्, उनको कथान थियो ।